१९ असार २०८३, शुक्रबार

तत्कालीन प्रशासकीय अधिकृत झासहितको मुद्दामा सर्वोच्चमा पुनरावेदन दर्ता

असोज ११, २०८१
काठमाडौं
तत्कालीन प्रशासकीय अधिकृत झासहितको मुद्दामा सर्वोच्चमा पुनरावेदन दर्ता

महोत्तरीको पिपरा गाउँपालिकाकी तत्कालीन प्रशासकीय अधिकृत रन्जिता झासहितको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ ।

झासहित श्यामकिशोर मण्डललगायतका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार झा र मण्डलसँगै नवोनारायण मिश्र, रतन शाह र कमरुल खातुनलाई विशेष अदालतले २०८० साल फागुन १३ गते सफाइ दिएको थियो।

सोही फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावलोकन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्