२२ जेठ २०८३, शुक्रबार

‘विद्यार्थी नेतृत्व शैक्षिक विकृति र भ्रष्टाचारका विरुद्धमा उभिन सक्ने हुनुपर्छ’

असोज ११, २०८१
काठमाडौं
‘विद्यार्थी नेतृत्व शैक्षिक विकृति र भ्रष्टाचारका विरुद्धमा उभिन सक्ने हुनुपर्छ’

 नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले अखिल क्रान्तिकारीको नयाँ नेतृत्व भ्रष्टाचारका  विरुद्धमा उभिन सक्ने नैतिकवान व्यक्ति हुनुपर्नेमा जोड दिएका छन् । 

अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयनको तयारी भइरहेको बेला उनले भने, ‘विद्यार्थीले गौरव गर्न सक्ने, शैक्षिक विकृति र भ्रष्टाचारका  विरुद्धमा उभिन सक्ने नैतिकवान एवं सृजनात्मक व्यक्तिलाई नेतृत्व छनौट गरोस् । पार्टीको भविष्य लामो रहेको र यसलाई धेरै टाढासम्म लैजानका लागि निष्कलङ्क नेतृत्व चाहिने उनको भनाइ छ । 

उनले जो अखिल क्रान्तिकारी हो उसले आफैँलाई धोका दिन नहुनेप्रति सचेत गराउँदै अखिल क्रान्तिकारीले आफ्नो सङ्गठनको क्रान्तिकारी ऊर्जाको बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्