
लगातारको वर्षासँगैको बाढी र पहिरोले हेटौंडा-काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने लामो तथा छोटा दुरीका सबै मार्गहरू बन्द भएका हुन् ।
हेटौंडाबाट-काठमाडौं जोड्ने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथलगायत सडक पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको छ ।