२२ जेठ २०८३, शुक्रबार
फोटो फिचर

अग्रिम टिकट खुला, झरीको प्रवाह नगरी बसपार्कमा बिहानैदेखि टिकट लिनेको लाइन

असोज १२, २०८१
काठमाडौं
अग्रिम टिकट खुला, झरीको प्रवाह नगरी बसपार्कमा बिहानैदेखि टिकट लिनेको लाइन

आजबाट दशैँका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ ।

null

अग्रिम टिकट खुलेसँगै टिकट लिन यात्रुहरू बिहानै नयाँ बसपार्क पुगेका छन् । 

काठमाडौंसहित देशभर अविरल वर्षा भइरहँदा पनि यात्रुहरू भने झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका हुन् । 

अनलाइनबाटसमेत अग्रिम टिकट बुकिङ भइरहेको छ । 

null

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

null

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् । सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको बताए । 

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्