
बागमती नदीमा आएको भीषण बाढीले एक झोलुङ्गे पुल बगाएको छ ।
शनिबार बिहान काठमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल बाढीले बगाएको हो ।
बागमतीको बाढीले पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए । साथै बाढीले नदी किनार आसपासको क्षेत्र नराम्ररी प्रभावित बनेको छ ।