२४ असार २०८३, बुधबार

पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

असोज १२, २०८१
गोरखा
पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
फाइल तस्वीर

गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित सातकिलोमा माथिबाट खसेको ठूलो पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बसन्त पौडेलले जानकारी दिए । 

आज बिहान सडकमाथिबाट सुक्खा पहिरो खसेको उनको भनाइ छ । 'पहिरोले सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको हो,' पौडेलले भने, 'अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ ।' 

तत्कालका लागि दुई तर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहेको पनि एकतर्फी खुलाउने प्रयास गरिएको नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारी साधन बिचमै रोकिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्