२४ जेठ २०८३, आइतबार

राष्ट्रपतिले गृहमन्त्रीलाई फोन गरेर लिए बाढीपहिरोबाट भएको क्षतिको जानकारी, प्रभावकारी काम गर्न आग्रह

असोज १२, २०८१
काठमाडौं
राष्ट्रपतिले गृहमन्त्रीलाई फोन गरेर लिए बाढीपहिरोबाट भएको क्षतिको जानकारी, प्रभावकारी काम गर्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको  क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले शनिवार गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् ।

उनले देशका विभिन्न स्थानमा बढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले मातहतका निकायलाई उद्धार तथा राहत कार्यमा तत्काल जुट्दै प्रभावकारी काम गर्न आग्रह पनि गरे ।

साथै  राष्ट्रपति पोडेलले विपदको यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गरेका छन् । उनले देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डको पालना गरी सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्