१९ असार २०८३, शुक्रबार
घट्दो जोखिम

काठमाडौंमा वर्षा रोकियो, साँझबाट बिस्तारै खुल्न थाल्यो आकाश

असोज १२, २०८१
काठमाडौं
काठमाडौंमा वर्षा रोकियो, साँझबाट बिस्तारै खुल्न थाल्यो आकाश

लगातारको अविरल वर्षापछि शनिबार साँझदेखि विस्तारै काठमाडौंको आकाश खुल्न थालेको छ ।

गत बिहीबार रातिदेखिको वर्षापछि शनिबार साँझबाट काठमाडौंको आकाश खुल्न थालेको हो ।

दिउँसोसम्म काठमाडौं उपत्यकामा वर्षा भए पनि साँझबाट रोकिएको छ ।

काठमाडौं उपत्यकासहित काभ्रे आसपासका जिल्लामा पनि वर्षा रोकिएको छ ।

null

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला ३ दिनमा भइरहेको वर्षाको स्तर शनिबार बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए ।

आइतबारसम्म हल्का वर्षा हुने र त्यसपछि भनेर वर्षा रोकिने उनको भनाइ छ ।

‘आज बेलुकादेखि नै वर्षा केही मत्थर हुन शुरू हुन्छ, तर ठ्याक्कै रोकिने होइन, आइतबारसम्मै रहन सक्छ,' उनले भने, 'जुन इन्टेन्सिटीमा वर्षा भइरहेको छ, त्यो अब हट्दै जान्छ ।’

null

आइतबारदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ ।

‘बादल फाट्नचाहिँ केही दिन लाग्छ । आइतबारदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ । कहीँ छिटफुट वर्षा हुन सक्छ,’ पराजुलीले भने, ‘पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।’

नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ ।

null

अहिलेको मौसमी प्रणाली अन्त्य भएसँगै नेपालबाट यस वर्षको मनसुन बाहिरिनेछ ।

अविरल वर्षापछि आएको बाढीपहिरोमा परी देशभरमा ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्