३० जेठ २०८३, शनिबार

गोरखाको साम्दोमा भारी हिमपात

असोज १३, २०८१
गोरखा
गोरखाको साम्दोमा भारी हिमपात

उत्तरी गोरखामा भारी हिमपात परेको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा हिमपात भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । 

हिमपातका कारण यस क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ । ‘शुक्रवार साँझदेखि साम्दो र आसपासका क्षेत्रमा परेको हिमपात करिब डेढ फिटसम्म जमेको छ,’ उनले भने, ‘हिमपात परेपछि अहिले यस क्षेत्रमा चिसो एक्कासि बढेको छ, जसले जनजीवन प्रभावित भएको छ ।’

सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) साम्दोका प्रमुख प्रहरी निरीक्षक विश्व त्रिपाठीले स्थानीयवासी घरबाहिर निस्कन कठिनाइ भएको बताए । साथै लार्केपास पदमार्गमा पुगेका पर्यटकलाई आवाजजावतमा समस्या भएको उनको भनाइ छ । –रासस 

salt training

कमेन्ट गर्नुहोस्