०४ साउन २०८३, सोमबार

अनावश्यक प्रचार नगरी उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

असोज १३, २०८१
काठमाडौं
अनावश्यक प्रचार नगरी उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धार कार्यमा खटिन पार्टी सदस्यहरूलाई निर्देशन दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य, संसदीय दलका सदस्य, प्रदेश, जिल्ला समिति तथा ‘र्यापिट टिम’को शनिबार बसेको संयुक्त बैठकले देशभर अविरल वर्षाका कारण उत्पन्न विपद्को परिस्थितिमा उद्धार कार्यमा खटिन आफ्ना सबै तहका सदस्यहरुलाई आठ बुँदे निर्देशन जारी गरेको हो ।

आफूले गरिरहेको कामका बारेमा सम्बन्धित निकायलाई सूचित गर्न सुझाव दिँदै अनावश्यक प्रचारबाजी नगर्न सूसुचितसमेत गराएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिन आग्रह गर्दै रास्वपाले सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर आफूले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न निर्देशन दिएको हो । कार्यवाहक प्रवक्ता झाले उद्धारका नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न र नगराउन पार्टी पङ्क्तिलाई निर्देशन दिएको बताए । यस्तै सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्