०२ असार २०८३, मंगलबार

दशैंका लागि आजदेखि सुकिला नोट साट्न सकिने

असोज १३, २०८१
काठमाडौं
दशैंका लागि आजदेखि सुकिला नोट साट्न सकिने

दशैंका लागि साना दरका नोट आजदेखि साट्न सकिने भएको छ ।
राष्ट्र बैंकका अनुसार दशैंका लागि असोज २२ गतेसम्म साना दरका नोट साट्न सकिने छ । 

सर्वसाधारणहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सुकिला नोट सटही गर्न सक्नेछन् ।

विगतका वर्षहरूमा जस्तो राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै भने नसाट्न भएको छ ।

त्यसैले यस वर्ष सफा र सुकिला नोट मात्रै दशैंका लागि साट्ने व्यवस्था गरिएको हो ।​

salt training

कमेन्ट गर्नुहोस्