
बिहीबारदेखि शनिबार साँझसम्म परेको भीषण वर्षाले व्यापक जनधनको क्षति भएको छ ।
आइतबार बिहानको अध्यावधिक तथ्यांकअनुसार बाढी, पहिरो र डुबानको समस्याबाट १०२ जनाले ज्यान गुमाएका छन् भने ६४ जना बेपत्ता भएका छन् ।
यस्तै ४५ जना घाइते भएका छन् । यस्तै १९५ वटा घर र ८ वटा पुलमा क्षति पुग्दा ३ हजार भन्दा बढीको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बाढी तथा पहिरोमा परेर ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएकाे छ ।