०१ असार २०८३, सोमबार

कञ्चनपुरमा हात्तीको आक्रमणबाट किसानको मृत्यु

असोज १३, २०८१
काठमाडौं
कञ्चनपुरमा हात्तीको आक्रमणबाट किसानको मृत्यु
फाइल तस्वीर ।

कञ्चनपुरमा हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । 

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले उनलाई आक्रमण गरेका हुन् ।

किसान  रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले आइतवार बताए । उनी हात्ती धपाउन गएका थिए ।

घटनास्थलतर्फ प्रहरी गइसकेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्