२३ जेठ २०८३, शनिबार

२२ अङ्कले घट्यो नेप्से, ४ अर्बको कारोबार

असोज १३, २०८१
काठमाडौं
२२ अङ्कले घट्यो नेप्से, ४ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक २२.३६ अङ्कले घटेर २४६४.४० को विन्दुमा अडिएको छ ।

यस दिन बजारमा १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । 

गत साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ३२.८१ अङ्कले घटेर २४८६.७६ को विन्दुमा कायम भएको थियो ।

गत साता एक दिन मात्रै शेयर बजार बढेको थियो भने बाँकी कारोबारमा निरन्तर दोहोरो अङ्कले परिसूचक घटेको थियो । 

आइतबार उपमहतर्फ एकको शेयर बढेको छ भने, बाँकी १२ वटै समूह घटेका छन् । 

कारोबारका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी १५ करोड ९२ लाख ३० हजार रुपैयाँको साथ शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्