०४ असार २०८३, बिहीबार

इमेज सहकारीका अध्यक्ष नेपालीलाई काठमाडौं ल्याइयो

असोज १३, २०८१
काठमाडौं
इमेज सहकारीका अध्यक्ष नेपालीलाई काठमाडौं ल्याइयो
फाइल तस्वीर

भारतको नयाँ दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

सहकारी ठगीमा संलग्न नेपालीलाई शनिबार काठमाडौं ल्याएर बाग्लुङ पठाउने तयारी प्रहरीले गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका ५१ वर्षीय नेपालीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपालीलाई समेत पक्राउ गरिएको छ । ​​

इमेज सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए । नेपालीविरुद्ध २०८० जेठ २४ मा पक्राउ पुर्जी जारी भइ २०८० माघ १० मा रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेका नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन् ।

उनीहरूमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।​​

सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्