०४ साउन २०८३, सोमबार
बाढीपहिरोबारे प्रधानमन्त्री

जोखिम मोलेर खटिएका सुरक्षाकर्मीलाई गालीमात्रै गरेर हुँदैन– ओली

असोज १५, २०८१
काठमाडौं
जोखिम मोलेर खटिएका सुरक्षाकर्मीलाई गालीमात्रै गरेर हुँदैन– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको बेला ज्यान नै जोखिममा राखेर काम गरेका सुरक्षाकर्मी र उद्धारकर्मीको प्रशंसा गर्नुपर्ने बताएका छन् । 

बाढीपहिरोकाे बेलामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य स्वयंसेवकलगायत उद्धारकर्मी ज्यान नै जोखिममा राखेर उद्धारमा खटिएको बताउँदै उनले उनीहरूलाई गाली नगरी प्रशंसा गर्न आग्रह गरेका हुन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले चार हजारभन्दा बढी सर्वसाधारणको ज्यान बचाउने सुरक्षाकर्मीका छिटपुट गल्तीलाई मात्रै नहेरी उनीहरूले मोलेको जोखिमको मूल्यांकन गर्न सुझाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्