![बाढी पहिरोले छियाछिया बन्यो बीपी राजमार्ग, जुत्ता हातमा लिएर कष्टपूर्ण यात्रा [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/bp_highway_14_vq4xvvvn60.jpg)
कुनै समय निकै नै चर्चा र फोटोजेनिक राजमार्गको रूपमा चिनिएको बीपी राजमार्ग अहिले पुरै सुनसान छ ।
शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले यहाँ कुनै पनि सवारी चल्न सकेको छैन ।
जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नाटा छाएको छ । यो राजमार्गको निर्माणसँगै सहज अनुभव गरेका स्थानीयहरू अहिले त्रासमा बाँचिरहेका छन् ।
आफ्नो दैनिकीलाई निरन्तरता दिनको लागि मानिसहरू बाढीले बनाएको पहरोमा ज्यान हत्केलामा राखेर ओहोरदोहोर गरिरहेका छन् ।
रोशी गाउँपालिका ७ पुग्दासम्म २ ठाउँमा त सडक नै छैन ।
मानिसहरू भीरमा रहेका ढुंगामा आफ्नो ज्यानको बाजी राखेर जुत्ता हातमा बोकेर कष्टपूर्ण आवतजावत गरिरहेका छन् ।
तस्वीरहरू

















