२६ जेठ २०८३, मंगलबार

क्यानडासँग फेरि हार्‍यो नेपाल

असोज १६, २०८१
काठमाडौं
क्यानडासँग फेरि हार्‍यो नेपाल

त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडासँग नेपाल फेरि पराजित भएको छ । गएराति सम्पन्न खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । क्यानडाका साद बिन जाफरले १८ बलमा सर्वाधिक ३३ रन बनाए ।

निकोलस किर्तोन २६, दीलप्रित बाजवा २५, रविन्द्रपाल सिंहले २० रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका अनिल साहले ३० बलमा सर्वाधिक ४१ रन बनाए । आसिफ शेखले ३० रन जोडे ।

नेपाललाई ओपनर आसिफ र अनिलले ९.१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अनिल क्याच आउट भएपछि मध्यक्रमका ब्याटरले राम्रो गर्न सकेनन् ।

कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशलले मल्ल ४/४ रन बनाए । गुल्सन झा २३ र करण केसी ८ रनमा नट आउट रहे।

क्यानडाका हर्ष ठाकेरले २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपालले अन्तिम खेल आज रनति ओमानसँग खेल्नेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्