
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-२ महादेवा गाउँ बस्ने २५ वर्षीय अनिल विश्वकर्मा रहेका छन् ।
पीडितले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए ।
उनका अनुसार विकले कुरा गर्नु छ भन्दै आफ्नै घरमा बोलाएर ललाईफकाइ जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।