
एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरू साट्दा ३० देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने छ ।
यस्तै १२० जना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ ।
लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ ।
नजिकिदै गरेको चाडपर्वलाई अझै विशेष रुपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थप उल्लास भर्नका लागि यस किसिमको एक्सचेन्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
देशकै नम्बर एक ब्याट्री ब्रान्ड एक्साइड मूख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ ।
व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर वृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।