२८ जेठ २०८३, बिहीबार

देउवाले बनाए नेविसंघ, तरुण दल र महिला संघको महाधिवेशन गर्न निर्देशन समिति

असोज १६, २०८१
काठमाडौं
देउवाले बनाए नेविसंघ, तरुण दल र महिला संघको महाधिवेशन गर्न निर्देशन समिति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन गर्न निर्देशन समिति गठन गरेका छन् ।

प्रमुख भ्रातृ संस्थाको महाधिवेशन आगामी चैत मसान्तसम्म अनिवार्य रूपमा गर्न देउवाले बुधबार समहामन्त्रीहरूको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।

सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा नेविसंघको निर्देशन समिति बनेको छ। समितिमा केन्द्रीय सदस्य राजीव ढुंगाना र प्रतिमा गौतम सदस्य छन् ।

उमाकान्त चौधरीको संयोजकत्वमा महिला संघको निर्देशन समिति बनेको छ । समितिमा पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य चयन भएका छन् । 

तरुण दल निर्देशन समितिको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई बनाइएको छ । समितिमा केन्द्रीय सदस्यहरू सरिता प्रसाईं र सदस्य जीतजंग बस्नेत छन् ।

२०८१ साउन २३ गतेको केन्द्रीय समिति बैठकले तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्