२३ असार २०८३, मंगलबार

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

असोज १६, २०८१
मकवानपुर
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गरेका छन् । 

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार, संवैधानिक प्रक्रिया पूरागरी प्रदेशसभा बैठकको अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत प्रकाश चापागाईंले जानकारी दिए । 

प्रदेशसभाको गत असोज ६ र ७ गते बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्