०३ असार २०८३, बुधबार

इजरायली प्रधानमन्त्रीको दाबी– हिजबुल्लाह प्रमुखको उत्तराधिकारी र त्यसको विकल्प समेत समाप्त गर्‍यौं

असोज २३, २०८१
काठमाडौं
इजरायली प्रधानमन्त्रीको दाबी– हिजबुल्लाह प्रमुखको उत्तराधिकारी र त्यसको विकल्प समेत समाप्त गर्‍यौं

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी आतंकवादी संगठन हिजबुल्लाहको वैकल्पिक नेतृत्व मानिएका व्यक्तिहरूलाई समेत समाप्त गरेको दाबी गरेका छन् ।

पहिले नै रेकर्ड गरिएको भिडियो सन्देशमा नेतन्याहुले भनेका छन्–

'हामीले हिज्बुल्लाहको शक्ति कम गरिसकेका छौं। हजारौं आतंककारीलाई मारिसकेका छौं, जसमा नसरल्लाह, उसको उत्तराधिकारी र यहाँसम्म कि उत्तराधिकारीको विकल्प समेत त्यसमा सामेल छन्।'

तर, नेतन्याहुले कसैको नाम खुलाएनन् ।

यसअघि इजरायली रक्षामन्त्री योव ग्यालेन्टले हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहका सम्भावित उत्तराधिकारी हाशेम सफीद्दिन 'सम्भवतः मारिए' भनेर आशंकायुक्त टिप्पणी गरेका थिए ।

नेतन्याहुले 'उत्तराधिकारीको विकल्प' भनेर कसलाई भनेका हुन् भन्ने नरहेको रोयटर्सले जनाएको छ ।

​लेबनानी जनतालाई सम्बोधन

भिडियोमा इजरायली प्रधानमन्त्रीले हिजबुल्लाहबाट आफूलाई मुक्त गर्न लेबनानका जनतालाई अपिल समेत गरेका छन् । 

'अब तपाईं आफ्नो देशलाई फिर्ता लिन सक्नुहुन्छ र यसलाई शान्ति तथा समृद्धिको बाटोमा फर्काउन सक्नुहुन्छ,' उनले भनेका छन् ।

इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको भन्दै उनले हिजबुल्लाह विगतका वर्षहरूको तुलनामा निकै कमजोर भएको दाबी समेत गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्