०२ साउन २०८३, शनिबार

गिजाको शल्यक्रिया गराएका राप्रपा महामन्त्रीको स्वास्थ्य अवस्था सामान्य

असोज २४, २०८१
काठमाडौं
गिजाको शल्यक्रिया गराएका राप्रपा महामन्त्रीको स्वास्थ्य अवस्था सामान्य

 गिजाको क्यान्सरसम्बन्धी उपचार गराइरहेका राप्रपाका महामन्त्री डा धवलशमशेर राणाको शल्यक्रिया गरिएको छ । 

भारतको मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युटमा उनको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भइरहेको र बोल्न सक्ने अवस्था रहेको बताइएको छ । 

उनको सुल्तान प्रधान नेतृत्वको टीमले शल्यक्रिया गरेको र अहिले अवस्था सामान्य सामान्य रहेको पारिवारिक स्रोतलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । उनका अनुसार राणा केही समय मुम्बईमै रहनेछन् । 

सबै उपचार प्रक्रिया सम्पन्न भएपछि उनी नेपाल फर्किने बताइएको छ । क्यान्सर पहिलो चरणको रहेका र समयमै उपचार भएकाले अन्यत्र फैलिन नपाएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्