११ साउन २०८३, सोमबार

एमालेले नयाँ पार्टी कार्यालय ढुंगेअड्डामा बनाउने, शुक्रवार ओलीले शिलान्यास गर्ने

असोज २४, २०८१
काठमाडौं
एमालेले नयाँ पार्टी कार्यालय ढुंगेअड्डामा बनाउने, शुक्रवार ओलीले शिलान्यास गर्ने

सत्तारुढ दल नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बनाउने निर्णय गरेको छ ।

बिहीवार बसेको विशेष सचिवालय बैठकले यस्तो निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

‘कीर्तिपुर नगरपालिका वडा नं २ ढुंगेअड्डास्थित मदन भण्डारी स्मृति भवनको नाममा रहेको ठाउँमा नयाँ कार्यालय बन्नेछ,’ उनले भने ।

पार्टी कार्यालय भवनको शिलान्यास प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार नै गर्ने कार्यक्रम रहेको अधिकारीले बताए ।

हाल एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा छ । बागमती र मनहरा नदीमा बाढी आउँदा उक्त कार्यालय पटक–पटक डुबानमा पर्ने गरेको छ । यसैले गर्दा एमालेले नयाँ ठाउँ रोजेको हो ।   
 


 

salt training

कमेन्ट गर्नुहोस्