
साल्टट्रेडिङ कर्पोरेसनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन शुरू गरेको छ ।
यस क्रममा बुधबार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।
कर्पोरेसनले थप चिनीको परिणाम भित्रिन शुरू भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।