×

८६ वर्षमा पनि पिङ निर्माणमा सक्रिय छन् बुद्धिबहादुर

कास्की | असोज २५, २०८१

जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुट्का छन् । उनले फेवाताल किनारमा २०१५ सालदेखि निरन्तर ४० वर्षसम्म पिङ निर्माण गरेका थिए ।

Laxmi Bank

बुद्धिबहादुरकै नेतृत्वमा यतिबेला पोखराको फेवाताल किनारमा पिङ राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई दसैँको मनोरञ्जन प्रदान गरिएको छ । केही दशकयता उक्त स्थापनमा रोकिएको पिङ निर्माणलाई उनी संयोजक बनेर यस वर्ष पिङ निर्माण गरिएको हो । 


Advertisment

विसं २०१५ वर्षदेखि बुद्धिबहादुर नेपाली, अक्कलबहादुर भुजेल र बाबुलाल श्रेष्ठ मिलेर पर्यटकीय स्थल फेवातालको बाराही घाट नजिकैको चौरमा चम्रेली, रिङ्गटे, लठ्ठे र जाँचे पिङ राख्थे । विभिन्न कारणले केही दशकदेखि रोकिएको उक्त पिङ यस वर्ष फेरी निर्माण गरिएको छ ।


Advertisment

त्यतिबेला पिङ राख्ने तीनजनामध्ये हाल बुद्धिबहादुर मात्र जीवित छन् । उनीरुले निरन्तर पिङ राखेर बैदामवासीलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । तर फेवालात किनारमा पिङ राख्ने काम २० वर्षदेखि बन्द हुँदै आएको थियो । 

बन्द भएको कामलाई निरन्तरता दिन बुद्धिबहादुरको संयोजकत्वमा पिङ निर्माण समिति गठन गरी यस वर्ष बाराही घाटमा पिङ राखिएका छन् । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उनले आफ्नै घरमा भएका पिङ सामग्री झिकेर ल्याई पिङ राखेका हुन् । “पिङका सामग्री मेरो घरमा बीस वर्षदेखि त्यसै थन्किएर बसेका थिए । यस वर्ष प्रयोगमा आए,” उनले भने । यस वर्ष पिङ निर्माणमा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पनि चासो देखाएको बुद्धिबहादुरले बताए ।   

''गाउँमा पिङ निर्माण भएपछि केटाकेटी खुसी हुनाका साथै दसैँ आएको अनुभूति हुन्थ्यो, पिङ खेल्नकै लागि एक घण्टासमेत पालो कुरियो'' उनले भने । त्यही सम्झनामा केटाकेटीहरुलाई खुसी दिनका लागि आफू यो उमेरमा पनि पिङ निर्माण समितिको संयोजक भएर काम गरेको बुद्धिबहादुरले सुनाए ।  

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले परम्परागत संस्कृतिको जगेर्ना गर्न उक्त स्थानमा  विभिन्न प्रकारका पिङ राखिएको बताए । बाराही घाटको उक्त चौरमा धेरै वर्षदेखि पिङ राखिँदै आइएको र केही दशकदेखि रोकिएकाले यस वर्षदेखि निरन्तरता दिइएको बताए ।  

स्थानीयवासी भरत पहारीले पिङ निर्माणसँगै सानो उमेर छँदा मनभित्र आएको खुसीको अनुभूति स्मरण भएको बताए । अहिले बजारमा जतासुुकै यस्ता पिङ बाह्रै सञ्चालन हुँदा केटाकेटी उमेर समूहलाई पनि दसैँको पिङको महत्व कम हुँदै गएको उनको भनाइ छ । कास्कीका गाउँहरुमा यस्ता पिङ राख्ने काम केही मात्रामा भए पनि सहरी क्षेत्रमा भने ह्वात्तै घटेको पहारी बताउँछन् । 

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x