२४ असार २०८३, बुधबार

राष्ट्रपति पौडेलले ९४ वर्षीय दाजुको हातबाट टीका लगाउने

असोज २६, २०८१
काठमाडौं
राष्ट्रपति पौडेलले ९४ वर्षीय दाजुको हातबाट टीका लगाउने

राष्ट्रपति पौडेलले विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट लगाउने भएका छन् ।

राष्ट्रपति पौडेलले दाजु डुण्डीराजबाट यस वर्षको दशैंको टीका, प्रसाद, जमरा र आर्शीवाद ग्रहण गर्ने भएका हुन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्ने छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान ११:३६ बजेको शुभसाइतमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्