हवाई जहाज निर्माता कम्पनी बोइङले आफ्ना १० प्रतिशत कर्मचारीलाई कामबाट हटाउने निर्णय गरेको छ ।
यस निर्णयले झन्डै १७,००० कर्मचारीहरूको रोजगारी गुम्नेछ । बोइङको यो कदमले कम्पनीको उत्पादन प्रक्रियामा समेत असर पर्ने सम्भावना छ ।
कम्पनीले हाल व्यापारसँग सम्बन्धित धेरै समस्याहरूको सामना गरिरहेको छ। बोइङका प्रमुख कार्यकारी अधिकारी केली ओर्टबर्गले एक इमेलमार्फत कर्मचारीहरूलाई जानकारी दिँदै भनेका छन्– कार्यकारी, व्यवस्थापक र अन्य कर्मचारीहरूको रोजगारी जोखिममा रहेको छ।
बोइङले आफ्नो हतियार र सैन्य उपकरण निर्माण व्यापारमा घाटा रहेको जनाएको छ ।
साथै, कम्पनीले आफ्नो नयाँ जहाज ७७७ एक्सको डेलिभरी मिति पनि पछि सारेको छ।
बोइङले हाल कर्मचारीहरूको हड्ताल र विमानहरूको गुणस्तरसँग सम्बन्धित समस्याको सामना गरिरहेको छ।
ओर्टबर्गले इमेलमा भनेका छन्- आगामी महिनाहरूमा पनि कम्पनीले कर्मचारी कटौती जारी राख्नेछ।