२६ जेठ २०८३, मंगलबार

कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

असोज २९, २०८१
मुस्ताङ
कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र  मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । 

पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार एकआपसमा ठोकिएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । 

दुर्घटनाको कारण भने खुलेको छैन । कार र मोटरसाइकल ठोकिँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पु¥याइएको थियो । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्