०६ साउन २०८३, बुधबार

अब अख्तियारप्राप्त निकायले पनि सोझै बैंक खाता रोक्का वा फुकुवा गर्न पाउने

असोज ३०, २०८१
काठमाडौं
अब अख्तियारप्राप्त निकायले पनि सोझै बैंक खाता रोक्का वा फुकुवा गर्न पाउने

अख्तियारप्राप्त निकायले पनि सोझै बैंक खाता रोक्का वा फुकुवा गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकवासम्बन्धी विनियमावली २०८१’ को प्रथम संशोधनसहित संशोधित विनियमावली गरी गर्दै उक्त व्यवस्था गरेको हो । 

संशोधित विनियमावलीअनुसार खाता रोक्का वा फुकुवासम्बन्धी प्रक्रियामा सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोगगरी अख्तियारप्राप्त निकायले इजाजतपत्रप्राप्त संस्थामा गरेको पत्राचारबमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न बाधा नर्पने व्यवस्था गरिएको छ । 

पत्राचारबमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने नियमावलीमा उल्लेख छ ।

अधिकारप्राप्त अधिकारीले इजाजत पत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्न कानूनको व्यवस्था स्पष्ट उल्लेखगरी देहायबमोजिमको व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजत पत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था रहेको छ । 
अल्पकालीन अवधिको लागि खाता रोक्कामा विनियमावलीले भूलवश वा कुनै कसुर गरी कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खातामा रकम जम्मा गरिएको भन्ने इजाजतपत्रप्राप्त संस्थालाई लिखित/मौखिक जानकारी प्राप्त भएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो को यकिनगरी अल्पकालीन अवधिको लागि त्यस्तो खाता रोक्का गर्न सक्ने व्यवस्था गरेको छ । यसरी रोक्का राखेको खाता ४८ घण्टाभन्दा बढी अवधिको लागि रोक्का राख्न परेमा राष्ट्र बैंकमार्फत् पुनः रोक्का गराउनुपर्नेछ । 

त्यस्तै, अख्तियारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खाताको विवरण इजाजतपत्रप्राप्त संस्थालाई पत्राचार गरी सोझै माग गर्न सक्नेछन् । 

त्यसैगरी, प्रचलित कानून बमोजिम सेफ डिपोजिट भल्ट/लकर सोझै रोक्का गर्ने व्यवस्था भएमा अख्तियारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्रप्राप्त संस्थामा रहेको त्यस्तो सेफ डिपोजिट भल्ट/लकर रोक्काका लागि इजाजतपत्रप्राप्त संस्थालाई सोझै पत्राचार गर्न सक्ने व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्