११ साउन २०८३, सोमबार

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना

असोज ३०, २०८१
काठमाडौं
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि पुन: अस्पताल भर्ना गरिएको छ ।

दुई पटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो ।

उनका सहयोगीका अनुसार उनलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको हो ।

सुफी युसोफले भने, 'अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’को समस्या देखिएको जानकारी गराएको छ। उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।'

महाथिर जुलाइदेखि ९९ वर्ष लागेका थिए । 

हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।

यस वर्षको शुरूमा करिब तीन महिना अस्पतालमा बिताएका उनले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराएका थिए । 

सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाको राष्ट्रिय नेता (प्रधानमन्त्री)को जिम्मेवारी सम्हाल्ने महाथिरले चौथो व्यक्ति हुन् ।

उनले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्