२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

असोज ३०, २०८१
काठमाडौं
प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटका अवसरमा बाढीपहिरोबाट प्रभावित बीपी राजमार्ग पुनः निर्माणमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्