२५ असार २०८३, बिहीबार

‘क्यूआर’बाटै उपभोक्ताको गुनासो दर्ता

असोज ३०, २०८१
नुवाकोट
‘क्यूआर’बाटै उपभोक्ताको गुनासो दर्ता

जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपभोक्ताको गुनासो क्यूआरमार्फत लिन थालेको छ ।

चाडपर्वमा हुनसक्ने उपभोक्ताको अधिकार हनन्‌का घटनालाई मध्येनजर गर्दै उपभोक्ताले क्यूआरमार्फत गुनासो तथा उजुरी गर्न सक्ने सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।​

उनका अनुसार अहिले विभिन्न चार विधाका गुनासोलाई प्रशासन कार्यालयले क्यूआर स्क्यान गरी देखिने फरक-फरक आवेदन फाराम मार्फत सङ्कलन गर्न थालिएको छ ।

'उपभोक्ताको अधिकार हनन्‌सम्बन्धी खाद्यान्न, होटल तथा खाजा घर, यातायात र औषधि पसलसम्बन्धी गुनासो नेपाली भाषामा तयार गरेको फाराममार्फत भर्न सकिने सेवा सञ्चालनमा ल्याइएको छ,' प्रजिअ अधिकारीले भने, 'उपभोक्ताको अधिकार रक्षाका लागि ‘स्वच्छ प्रतिस्पर्धी बजार : उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने सरकारको लक्ष्य पूरा गर्न यसमार्फत उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।'

कार्यालयको सेवासम्बन्धी गुनासो, सुझाव सङ्कलन गर्न जिल्ला प्रशासनले यसअघि नै क्यूआर सेवा सञ्चालनमा ल्याएको थियो ।

आधुनिकता र प्रविधिको विकाससँगै उपभोक्ताका अधिकार हनन्‌का घटना रोक्न र संलग्न दोषीलाई कारबाही गर्न क्यूआर प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्