२९ असार २०८३, सोमबार

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन नपाइने

असोज ३०, २०८१
काठमाडौं
बीपी राजमार्गमा राति सवारीसाधन चलाउन नपाइने
फाइल तस्वीर

सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । ​​

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्रयाक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्रयाक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडक खण्ड बन्द रहने जनाएको हो ।

उक्त सडक खण्ड सञ्चालनमा आएसँगै अहिले बीपी राजमार्ग भएर काठमाडौं भित्रिने सवारीसाधनको चाप बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्