२८ जेठ २०८३, बिहीबार

बाढीले हरिनगरमा २४ करोडको क्षति

कात्तिक १, २०८१
सुनसरी
बाढीले हरिनगरमा २४ करोडको क्षति
फाइल तस्वीर

हालैको बाढीले सुनसरीको हरिनगर गाउँपालिकामा २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायतमा  क्षति भएको हो ।

रिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । एक हजार छ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ । 

त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति क्षति भएको छ । तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेका उक्त कार्यालयले जनाएको छ ।

बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्