
पप ब्याण्ड वन डाइरेक्शनसँग आवद्ध चर्चित गायक लियाम पायनको निधन भएको छ ।
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा होटलको तेस्रो तलाबाट खसेर उनको निधन भएको बीबीसीले जनाएको छ । लियाम ३१ वर्षका थिए ।
लियाम प्रसिद्ध व्वायब्यान्डको एक हिस्सा थिए । ह्यारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिकजस्ता कलाकारहरू पनि यस समूहमा थिए ।
यस महिनाको शुरूमा उनले अर्जेन्टिना कन्सर्टमा पनि भाग लिए ।