१० असार २०८३, बुधबार

फेवातालबाट दुई जनाको उद्धार

कात्तिक १, २०८१
कास्की
फेवातालबाट दुई जनाको उद्धार

 हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
    
सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले तालको बीच भागमा काठको डुङ्गामा अड्किएका रुपन्देहीको देवदह नगरपालिका–११ का २२ वर्षीय मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर नगरपालिका–११ का २२ वर्षीया प्रिति सुनारको उद्धार गरेको हो । 

काठको डुङ्गा भाडामा लिइ फेवातालमा सवार दुवै जनाको तालको बीच भागबाट उद्धार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिए । 
    
फेवाताल रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको विशेष विपद् व्यवस्थापन टोलीले घटनाबारे जानकारी प्राप्त गर्नासाथ उनीहरुको उद्धार गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्