३० जेठ २०८३, शनिबार
सहकारीको रकम अपचलन

रविविरुद्ध पक्राउ पुर्जी जारी

कात्तिक २, २०८१
काठमाडौं
रविविरुद्ध पक्राउ पुर्जी जारी

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले रविलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई जानकारी दिए ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।

उनीमात्रै होइन, उनका पार्टनर एवं गोरखा मिडियाका अध्यक्ष गितन्द्रबाबु राई (जीबी राई) र सञ्चालक छविलाल जोशी बञ्जाडेमाथि एउटै आरोप छ । छवि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा छन् ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराध सजायँ ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।

आज कास्की प्रहरीले छविलाई म्याद थप गर्ने बेला रविलाई पक्राउ गर्न अनुमति मागेको थियो ।

'छविले रविका विरुद्ध बयान दिएपछि अनुसन्धानको दायरमा ल्याउनुपर्ने भएकाले पक्राउ पुर्जी मागेका थियौं,' ती प्रहरी अधिकृतले भने ।

कास्कीस्थित पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्