०७ साउन २०८३, बिहीबार

पक्राउ पुर्जी लिएर रास्वपा कार्यालय पुग्यो प्रहरी

कात्तिक २, २०८१
काठमाडौं
पक्राउ पुर्जी लिएर रास्वपा कार्यालय पुग्यो प्रहरी
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जारी भएको पक्राउ पुर्जी लिएर प्रहरी रास्वपा पार्टी कार्यालय पुगेको छ ।​

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनले भने, 'हामी कानूनी राज्यको सम्मान गर्छौं । हामी सहजरूपमा गिरफ्तारी दिन्छौं, प्रतिकार गर्दैनौं ।'​

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जी‍बी) राईसँग मिलेर लामिछानेले गोरखा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्