
ललितपुरको सातदोबाटोमा रोकिराखेको बसमा आगलागी भएको छ ।
शनिबार दिउँसो पौने पाँच बजेको समयमा रोकिराखेका महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको हो ।
आगलागी भएको केही समयमा नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले लोकान्तरलाई जानकारी दिए ।
'आगलागी भएलगत्तै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । बस पूर्णरूपमा जलेको छ, मानवीय क्षति भने हुन पाएन,' एसपी पौडेलले भने ।
आगलागीको कारण खुलेको छैन । तार सर्ट भएर आगलागी भएको हुन सक्न प्रहरीको अनुमान छ ।
आगलागी भएको १५ मिनेटमा नै नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।