०२ साउन २०८३, शनिबार

‘ट्रायल पास’ गरेपछि अब ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने

कात्तिक ३, २०८१
काठमाडौं
‘ट्रायल पास’ गरेपछि अब ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा आज उनले नागरिक ‘एप’मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा चालक अनुमतिपत्र उपलब्ध हुने उल्लेख गरे । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको उनले जानकारी दिए।

“यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुनेछ”, सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन् ।

यसैगरी उनले सरकारले नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरेको उल्लेख गरे । कुनै पनि कामका लागि लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्