
टी–२० श्रृंखलाअन्तर्गत आइतवार जारी दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको विशाल लक्ष्य दिएको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा बिहान ५ः४५ बजेदेखि जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै ३३ बलमा अर्धशतक बनाए । उनी शतक बनाउनबाट ८ रनले टाढा रहे । भुर्तेलले ५४ बलमा अविजित ९२ रन बनाएका हुन् ।
यस्तै ओपनर अनिल साहले २५, गुल्शन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे ।
नेपालले अमेरिकाविरुद्धको टी–२० आई श्रृंखलाअन्तर्गत दोस्रो खेल खेलिरहेको छ ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल एक खेलअघि नै श्रृंखला जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । यो खेल अमेरिकाले जितेका तेस्रो खेल निर्णायक हुनेछ ।
तीन खेलको टी–२० आई श्रृंखलामा नेपालले पहिलो खेलमा शुक्रवार अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।