२७ जेठ २०८३, बुधबार

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

कात्तिक ४, २०८१
पाेखरा
रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गर्दा अदालतले ६ दिनको अनुमति दिएको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ६ दिनको अनुमति प्रदान गरेको हो ।

प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो ।

शुक्रबार राति स्थलमार्ग हुँदै शनिबार बिहान लामिछानेलाई जिल्ला प्रहरी कास्कीको हिरासतमा राखिएको थियो । 

कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको अनुसन्धानका लागि रविलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको थियो ।​

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको भन्दै सूर्य थापा नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।

गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छबिलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्