
पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को आज डाकिएको बैठक स्थगित गरिएको छ ।
धर्मशाला सञ्चालनका विषयमा पछिल्लो समय आएका विवादका बारेमा छलफल गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आजको बैठक डाकिएको थियो । बैठक डाकिसकेपछि उच्च अदालत पाटनले शुक्रबार पशुपति गौशाला धर्मशाला अहिलेलाई मारवाडी सेवा समितिले नै सञ्चालन गर्नेगरी अल्पकालीन आदेश जारी गरेको थियो । उच्च अदालतले यही कात्तिक ५ गते सोमबार कोष र समिति दुवैलाई आफ्ना कुरा राख्नेगरी बोलाएको छ ।