११ साउन २०८३, सोमबार

अमेरिकाले दुई विकेट गुमायो, सोमपाल र रिजनले दिलाए सफलता

कात्तिक ५, २०८१
काठमाडौं
अमेरिकाले दुई विकेट गुमायो, सोमपाल र रिजनले दिलाए सफलता

अमेरिकासँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । डालासस्थित घरेलु टोली अमेरिकाका कप्तान मोनन्क पटेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरिरहेको हो ।

फिल्डिङ गरिरहेको नेपालले राम्रो शुरूआत गरेको छ । शुरूआतमै नेपाललाई दुईटा सफलता प्राप्त भएको छ । सोमपाल कामी र रिजन ढकालले नेपाललाई एक/एक सफलता दिलाएका हुन् । 

नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । 

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्