
पशुपतिको गौशाला धर्मशाला विवादबारे उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ । कात्तिक २ गते यो विवादमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा आज अन्तरिम आदेशबारे छलफलका लागि अदालतले दुबै पक्षलाई बोलाएको हो ।
काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिले मुद्दा दायर गरेको हो ।