०६ साउन २०८३, बुधबार

प्रहरीका दुई डीआईजी एआईजी बढुवाका लागि सिफारिस

कात्तिक ५, २०८१
काठमाडौं
प्रहरीका दुई डीआईजी एआईजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले दुई डीआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिवसमेत रहेका एआईजी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार बढुवा सिफारिस हुनेमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन् ।

राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् भने ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।
 

कमेन्ट गर्नुहोस्