१२ असार २०८३, शुक्रबार

दिल्लीमा वायुको गुणस्तर ‘धेरै खराब’ काठमाडौंको अवस्था कस्तो छ ?

कात्तिक ५, २०८१
काठमाडौं
दिल्लीमा वायुको गुणस्तर ‘धेरै खराब’ काठमाडौंको अवस्था कस्तो छ ?

भारतको राजधानी नयाँ दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’को श्रेणीमा रेकर्ड गरिएको छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।

यस वर्ष पनि जाडो शुरू भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको हो । 

सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकांक २५० भन्दा माथि छ । जुन 'खराब' को श्रेणीमा पर्छ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहारसहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषण स्तर ३०० माथि पुगेको छ, जुन 'धेरै खराब' श्रेणीमा पर्दछ।

आनन्द बिहारमा वायु गुणस्तर सूचकांक ३५० भन्दा माथि रेकर्ड गरिएको थियो । 

सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा पाकिस्तानको लाहौर सबैभन्दा अगाडि छ । दिल्ली दोस्रोमा छ ।

धेरै वायु प्रदूषण हुने शहरको सूचीमा यूएई तेस्रो र बंगलादेशको ढाका चौथो स्थानमा रहँदा नेपालको राजधानी काठमाडौं दशौं स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्