२४ असार २०८३, बुधबार

जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु

कात्तिक ५, २०८१
काठमाडौं
जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु

जम्मु कश्मीरको गन्दरबलमा निर्माणाधीन सुरुङ नजिक भएको चरमपन्थी हमलामा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हमलामा एक डाक्टर र छ जना कामदारसहित सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

गन्देरबलको सोनमर्ग क्षेत्रको गुन्डमा सुरुङ परियोजनामा ​​काम गरिरहेका मजदुर र अन्य कर्मचारीहरू साँझ अबेर आफ्नो शिविरमा फर्किंदै गर्दा अज्ञात आतङ्ककारीहरूले आक्रमण गरेको समाचारमा उल्लेख छ । 

दुई कामदारको घटनास्थलमै मृत्यु भएको थियो जबकि डाक्टर र अन्य चार कामदारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल हमलामा घाइते भएका पाँच जनाको अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ । 

८ अक्टोबरमा जम्मू–कश्मीर चुनावको नतिजा घोषणा भएको थियो र सरकार गठनपछि पहिलो पटक यस्तो ठूलो चरमपन्थी हमला भएको हो ।

यसअघि १८ अक्टोबरमा जम्मु कश्मीरको शोपियान जिल्लामा अशोक चौहानको शव भेटिएको थियो । उनको शरीरमा गोलीका निशानहरू थिए ।

salt training

कमेन्ट गर्नुहोस्